काठमाडौं । बैशाख १ गते रिलिजको तयारीमा रहेको अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’को ट्रेलर रिलिज भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलर रिलिज कार्यक्रममा फिल्मका मुख्य कलाकार अनमोल, सुहानाका साथमा अन्य कलाकारको उपस्थिति रहेको थियो । झरना थापाले निर्देशन गरेको फिल्मलाइ सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

प्रेमकथामा आधारित यो फिल्ममा सरोज खनाल, रवि गिरी र सलोन बस्नेतको पनि मुख्य भूमिका छ । विमारी भएका कारण कलाकार सलोन भने कार्यक्रममा उपस्थित हुन सकेनन् । फिल्म राम्रो बनेको भन्दै निर्माणपक्ष उत्साहित देखिन्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4174 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *