काठमाडौं: गायक गणेश थापाको कर्णप्रिय स्वरमा नयाँ कृष्ण भजन ‘जय जय कृष्ण’ सार्वजनिक भएको छ। परम्परागत र आधुनिक शैलीको फ्युजनमा तयार भएको यो भजनले धार्मिक माहोललाई अझै भक्तिमय बनाउने अपेक्षा गरिएको छ।

यस भजनमा शब्द अभिषेक सिटौलाको रहेको छ भने संगीतकार बिपिन घिमिरेले संगीत दिएका छन्। भजनमा परम्परागत वाद्यवादनको संयोजन गरी आधुनिक एरेञ्ज गरिएको छ, जसको श्रेय पुरूषोत्तम सुवेदीलाई जान्छ।

कोरस गायनमा अनूमा चौधरी, शिला प्रधान, कुमार केसी र बिपिन घिमिरेले साथ दिएका छन्। भजनको संगीतलाई जीवन्त बनाउन विभिन्न नेपाली बाजाको प्रयोग गरिएको छ। मादल र खैंजडीमा पोषण घर्ती मगर, बाँसुरीमा रत्न बी.के., सारंगीमा मनिष गन्धर्व, र गिटारमा बिकाश सुनारले वादन गरेका छन्। सम्पूर्ण रेकर्डिङ, मिक्सिङ र माष्टरिङको जिम्मेवारी कुमार केसीले सम्हालेका छन्।

भजनको भिडियो पनि आकर्षक ढंगले तयार पारिएको छ। जीवन शाहीले निर्देशन गरेको भिडियोको छायांकन र सम्पादन सुशील डाँगीले गरेका हुन्। निर्माण टिमका अनुसार यस भजनले भगवान् श्रीकृष्णको महिमा र भक्तिभावलाई सुन्दर ढंगले प्रस्तुत गर्दै हिन्दू धर्मावलम्बीहरूमा आध्यात्मिक चेतना जगाउने विश्वास गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू