काठमाडौँ — चर्चित डान्सिङ समूह कार्टुन्ज क्रुजले निर्माण गरेको जम्बिजसम्बन्धी वेब सिरिज ‘अन्तिम यात्रा’ युट्युबमा सार्वजनिक भएको छ। सरोज अधिकारीको निर्देशनमा तयार गरिएको सिरिजको पहिलो एपिसोड कार्टुन्ज क्रुजकै आधिकारिक युट्युब च्यानलबाट रिलिज भएको हो।

सिरिजमा सरोज अधिकारी, सिजल गौतम, विजय अधिकारी, सौरब ढकाल, निश्चल कार्की, ज्योति खड्का, मिशेल घिमिरे, परिक्षित बिक्रम राना, आयुष्मा भट्ट, सन्ध्या कोइराला, कपिल रसैली, सन्देश थापा, बिभस खत्री, जोशना श्रेष्ठ, लक्ष्मी विश्वकर्मा, शिवराज गिरि, पेम्बा मगर, उपा अधिकारी, विशाल पहारी, र संगीता शर्मा बस्यालको अभिनय छ।

चार एपिसोड समेटिने पहिलो सिजनलाई दर्शकहरूको सकारात्मक प्रतिक्रिया प्राप्त भएमा यसको सिक्वेल निर्माण गरिने जनाइएको छ। संकल भुजेलको छायांकन, सुरोज अधिकारीको सम्पादन, र राजेन्द्र मोक्तानको रंग संयोजनले सिरिजलाई अझ आकर्षक बनाएको छ। ‘एड्भेन्चर’, ‘कमेडी’, ‘हरर’, र ‘रोमान्टिक ड्रामा’ विधामा आधारित सिरिजलाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ।

https://youtu.be/7H6U2LWRsBw