फ्रेण्ड्स हेटौँडा मकवानपुरको समन्वयमा भोलि हेटौंडामा चलचित्र “निलो फुल” को प्रिमियर हुने भएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको बिषय बस्तुमाथि तयार भएको चलचित्र “निलो फुल” भोलि हेटौँडा–४ स्थित नारायणीमलमा रहेको एन. एस. सिनेमा हलमा प्रिमियर हुन लागेको फ्रेन्डस् हेटौंडाकी संयोजक किरण थापाले जानकारी दिए ।
संयोजक थापाका अनुसार चलचित्र भोली विहान १० सुरु हुने र चलचित्र निःशुल्क प्रर्दशन हुन लागेको बताए । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान तथा पुर्व सासंद तथा कलाकार निर्माता निर्देशक सुनिल बाबु पन्त सहित बिभिन्न सरोकारवाला ब्यक्तित्व ,बृद्धिजिबि सर्कल ,विद्यार्थी , शिक्षक , स्वास्थ्यकर्मी , बिभिन्न राजनैतिक दलका ब्यक्तित्बहरु , पत्रकार, महिला अधिकारकर्मीहरु र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका परिवारहरु लगायतको उपस्थिति रहने थापाले बताए ।
चलचित्र यस अघि काठमाडौँ, नेपालगन्ज, बिराटनगर, बुटवल लगायतका स्थानहरुमा प्रदर्शन भइसकेको छ । चलचित्रमा सागर घिमिरे, उर्मिला कार्की, घनश्याम जोशी, विमला गिरी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्र सन्देश मुलक भएकाले सबै सरोकारवाला ब्यक्तिहरुलाई एक पटक हेर्न संयोजक थापाले अनुरोध गरे ।