हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ६ मा नेपाली कांग्रेस विजयी भएको छ । बुधबार सम्पन्न अन्तिम मत गणनाको परिणाम अनुसार हेटौंडा–६ को वडा अध्यक्षमा कांग्रेसका विष्णुप्रसाद दाहाल विजयी भएका हुन् । उनले ११८२ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार विश्वराज राईले ११४८ मत ल्याएका छन् । उनी ३३ मतले विजयी भएका छन् । अध्यक्ष दाहाल संगै वडा सदस्यमा नेपाली नेपाली कांग्रेसका विजय पौडेल, नेकपा एमालेका लेखराज ढकाल, सरिता सापकोटा र मुना बिश्वकर्मा विजयी भएका छन् ।