Comments Add Comment

हेटौंडा १६ र १७ मा नेपाली कांग्रेस विजयी

हेटौंडा उपमहानगरपालिका वडा नंम्बर १६ र १७ मा नेपाली कांग्रेस विजयी भएको छ । हेटौंडा उपमहानगरपालिकाको १६ नंम्बर वडाको अध्यक्षमा रामकृष्ण कोइराला विजयी भएका छन् । कोईरालाले नेकपा एमालेका उम्मेदवार बसन्त लामिछानेलाई पराजित गरेका छन् । उनले २४३८ मत प्राप्त गर्दा लामिछानेले १०९० ले मत प्राप्त गरेका थिए ।

यसैगरि हेटौंडा उपमहानगरपालिकाको १७ नंम्बर वडामा कांग्रेसका उद्धव सत्याल विजयी भएका छन् । उनले नेकपा एमालेका लक्ष्मण खुलाललाई पराजित गरेका छन् । सत्यालले १३१४ मत ल्याउँदा खुलालले ११३६ मत ल्याए । अघिल्लो निर्वाचनमा पनि हेटौंडा–१६ मा कांग्रेसले जितेको थियो भने हेटौंडा–१७ मा एमालेले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर