यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

युवा सजकता अभियानद्वारा खेलाडीलाई खेल सामग्री सहयोग


युवा सजकता अभियान बागमती प्रदेशले मकवानपुरका खेलाडीहरूलाई खेल सामग्री सहयोग गरेको छ । अभियानका बागमती प्रदेश सदस्य युवराज लामाले खेलाडीलाई बुट ११ थान, जर्सी ३२ थान र फुटबल १ थान खेल सामग्री प्रदान गरेका हुन् । अभियानकी बागमती प्रदेश संयोजक पुनम लामा विशेष पहल एवं तथा कांग्रेस महाधिवेशन प्रतिनिधि हेमा थापा मगर, गणेश ब्लोन, प्रकाश बर्तौलाको सहयोगमा अन्तर वडास्तरीय फुटबलको लागि मनहरी १ र २ का खेलाडीलाई खेल सामग्री प्रदान गरिएको जनाइएको छ ।

Advertisement
बुधबार युवा सजकता अभियान बागमती प्रदेश सदस्य लामाले खेलाडीलाई उक्त खेल सामग्री प्रदान गरेका छन। कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर खेलकुद विभाग प्रमुख सुनिल दाहाल, नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका अध्यक्ष सविन भट्टाचार्य, सचिव प्रदिप कँडेल ,कांग्रेस मकवानपुर जिल्ला सदस्य सुनिल अधिकारी, शिक्षक संघ मकवानपुर सचिव विदुर थापा, मनहरी कांग्रेस वडा सदस्य नवराज पौडेल, कांग्रेस संघीय सदस्य शिव थापा लगायतको उपस्थिति रहेको थियो ।