बुधबार मकवानपुरमा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडाका मात्र ३९ जना र मनहरी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिएका छन् । पुष्टि हुनेहरु धेरैजसो हेटौंडाका रहेका छन् । संक्रमित हुनेमा ११ जना महिला र ३० जना पुरुषमा रहेको निरिक्षक चौलागाईले जानकारी दिए । असोज २० गते संकलन गरिएको स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको परीक्षणको रिपोर्ट बुधबार दिउँसो सार्वजनिक गरेको जनाईएको छ ।