Comments Add Comment

२ लाख बराबरको सालको काठ सहित दुईजना पक्राउ

मकवानपुर- मकवानपुर प्रहरीले २ लाख मुल्य बराबरको सालको काठ र गाडिसहित दुई जलालाई नियन्त्रणमा लिएकाे छ । ना ५ च २८९५ नम्बरको डिआई गाडिमा सुकौराबाट हेटौंडातर्फ ल्याउँदै गरेको अवस्थामा ५६ क्यूफिट काठसहित दुईजना व्यक्ति र गाडी नियन्त्रणमा लिएको हो ।
हटियास्थित प्रहरी चौकीबाट प्रहरी सहायक निरिक्षक यज्ञ प्रसाद अधिकारीको कमाण्डमा खटिएको टोलीले काठ सहित गाडि चालक हेटौंडा–१८ का २४ बर्षीय युवराज साह र ३१ बर्षीय बलराम पण्डितलाई नियन्त्रणमा लिएको जनाईएको छ । प्रहरीले नियन्त्रणमा लिएका दुवैजनालाई आवश्यक कारबाहीको लागि लागि डिभिजन वन कार्यालय हेटौडा पठाएको जनाएको छ । उनिहरुलाई वन ऐन २०७६ अनुसार १ बर्ष सम्म कैद र बिगो बमोजिम जरीवाना हुने कानुनी प्रावधान रहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर