Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नागरिक समाजले मनहरी–७ मा रहेको प्राथामिक केन्द्र अनुगमन

Company Register

नागरिक समाज मकवानपुरले सोमबार मनहरी गाउँपालिका वडा नम्बर– ७ मा रहेको प्राथामिक केन्द्र अनुगमन गरेको छ । नागरिक समाज मकवानपुरको संयोजक रमिला सापकोटाको नेतृत्वमा गएको टोलिले प्राथमिक केन्द्रले गरेको कामहरुको अनुगमन गर्नु भएको थियो । अनुगमनको क्रममा प्राथमिकता चौकीमा जचाँउन आएका मानिसहरु कोरोना संक्रमण प्रती संबेदनसिल नभएको माक्स पनि नलाएको पाईएको थियो भने यस तर्फ पनि जनतालाई स्वास्थ सम्बन्धि कुराहरु बुझाई यस तर्फ पनि आवश्यक सुरक्षाको मापदन्ड अपनाउन प्रथामिक चौकीका प्रमुख डाक्टर अनिल उप्रेतीलाई अनुरोध गर्नु भयो । त्यसैगरि स्वस्थ्य चौकीमा हाल स्वास्थ प्राबिधिक १० जना , करारमा ४ जना मात्र रेहेको पाईएको थियो भने दरबन्दी भएको डाक्टरले राजिनामा दिएर बाहिर गैसकेको महिनौ भैसक्दा उक्त स्थानमा अर्को डाक्टर स्थाई रुपमा पद पुर्ती गर्न नसक्नाले जनताले साना रोगको लागि उपचारको लागि बाहिर जानू पर्ने ब्यस्था निकै नराम्रो भएको उहाले बताउनु भयो ।

Advertisement

डाक्टर अनिल उप्रेती भर्खर मात्र भोलेनिटयर रुपमा कार्य गरिराख्नु भएको र स्वास्थ चौकीमा दरबन्दी अनुसारको डाक्टरको व्यवस्था हुन नसक्दा समस्या भैरहेको स्वास्थ चौकीका स्वास्थ प्राविधिक शिवराम बानियाँले बताउनु भयो । स्वास्थ चौकीमा हाल सरकारले निसुल्क दिने गरेको ७० वटा शिर्सकको विभिन्न औसधिहरुको समस्या नरहेको शिवराम बानियाँले बताउनु भयो १ त्यसीगरि अनुगमनको क्रममा हेल्प डेस्क , मनो चिकित्सक , लगायत जनताले सरकारको तफबाट पाईने सेवा सुबिधा प्रती जनता अनबीज्ञ रहेकोले यसतर्फ पनि ध्यान दिन अनुरोध गर्नु भयो । स्वस्थ्य चौकी अनुगमन लगतै मनहरी गाउपालिकाको कार्यलय पुगेको टोलीले स्वस्थ्य एकाई संयोजक टीकाराम अधिकारीलाई भेटी स्वस्थ चौकीमा देखिएका समस्याहरु र सुझाव दिनु भएको थियो । त्यसैगरि टिकाराम अधिकारीले आगामी दिनमा स्वस्थ्य सेवामा देखिएको समस्यालाई समाधान गर्दै , हेल्प डेस्क , नागरिक सूचना बोर्ड , राखिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ भने मनहरी स्वास्थ चौकीमा दरबन्दी भएको डाक्टरले राजिनामा दिईसकेको र अर्को डाक्टरको निम्ति आवश्यक पहल गरिरहेको र चाडै नै नियुक्ति गरिने उहाँले बताउनु भयो । अनुगमनको क्रममा नागरिक समाजका प्रतिनिधिहरु मान बहादुर वाईबा , तिर्थ बहादुर थापा मगर , निर्जला पुलामी मगर लगाएत पत्रकारहरुकोको उपस्थिति रहेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...