मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ बाट नेकपा एमालेले विजयी सुरुवात गरेको छ । नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार काशीराम बज्यु विजयी भएका हुन् । उनले ७४४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका समाजवादीका कर्णबहादुर पाख्रिनले ७ सय ३ मत प्राप्त गरे ।