तीन महिनादेखि बन्द रहेको मकवानपुरका विद्यालय यही भदौ २० गतेबाट सञ्चालनमा आउने भएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको बैठकले जिल्लाका बिद्यालयहरु २० गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको हो । मकवानपुरका दश वटै स्थानीय तहमा आउँदो आइतबारबाट विद्यालय खोल्ने निर्णय भएको शिक्षा विकास समन्वय इकाइ मकवानपुरका प्रमुख प्रेमराज खरेलले जानकारी दिनुभयो ।

जिल्लाका दश वटै स्थानीय तहले आफ्ना वडाहरुमा कोरोना संक्रमणको अवस्थालाई हेरेर खोल्न सक्ने भएका छन् । कोरोना संक्रमणका सबैखालका सुरक्षाका उपाय अपनाएर मात्र बिद्यालय खोल्न पाउने बैठकले निर्णय गरेको छ । लामो समयदेखी विद्यार्थी इन्टरनेटको पहुँच भएको स्थानमा अनलाइनबाट अध्ययन गरिरहेका छन् भने पहुँच नभएका विद्यार्थीहरु पढ्नबाट बन्चित भइरहेको अवस्था रहेको थियो ।