
भ्रमण वर्ष २०२० लाई लक्षित गरेर चितवनको भरतपुरमा निर्माण गरिएको क्रुजसीपको आइतबार परीक्षण गरिएको छ । जनवरी १ वाट औपचारीक रुपमा सञ्चालन गर्ने लक्ष्य सहित आइतबार परीक्षण गरिएको हो । साढे दुई तला कु्रजमा २५ जना यात्रु राखेर सोमबार सफल परिक्षण गरिएको हो । नारायणी नदीमा आइतबार क्रुजसीप संचालन गरेर सफल परीक्षण गरेपछि निर्माणकर्ता खुसी भएका छन् । लामो समय देखि निर्माण गरिएको कु्रजसिपलाई सोमबार निर्माणस्थलबाट नदीमा पुर्याइएको थियो । परिक्षणका लागि चालक दलका केही सदस्यसहित २५ जना यात्रु बोकेको सिपमा करिब डेढ किलोमिटर यात्रा गरेका थिए ।
राइनो वाटर इन्टरटेन्मेन्ट प्रा.लिले नारायणी नदिमा क्रुज सञ्चालन गर्न लागेको हो । प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले नेपालको पहिलो पानी जहाजको रुपमा यसको चर्चा हुने भन्दै खुसी ब्यक्त गरे । उनी दुई वर्ष देखि यसको तयारीमा जुटेका थिए । उनले नेपालमै पहिलो पटक क्रुज सञ्चालन गर्न पाएकोमा खुसी भएको प्रतिकृया दिएका छन् । २ सय ५० जना यात्रु राखेर सञ्चालन गरिने क्रुज जनवरी १ देखि विधिवत सञ्चालन गर्ने सञ्चालकले जनाएको छ । दसैंअघि नै संचालन गर्ने भनिए पनि डिजाइन फेरिएका कारण समय लागेको निर्देशक कडेंलले बताउनु भयो । क्रुजमा भीआइपी कक्ष, सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट पनि थप गरिएको छ ।
हेर्नुहोस् भिडियो







