
काठमाडौं -चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा बिबिएसमा अध्ययनरत सृष्टि पन्तको बसको ठक्करबाट निधन भएको छ। सुकेधारा चोकनजिक बाटो पार गर्ने क्रममा २१ वर्षीय उनलाई भक्तपुर–नयाँ बसपार्क रुटमा चल्ने बा४ख ५९२० नम्बरको बसले बिहान करिब ५:३० बजे ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी पन्तको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसको ठक्करबाट सहपाठीको मृत्यु भएपछि आक्रोशित बनेका पशुपति बहुमुखी क्याम्पसका विद्यार्थीले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन्। आगजनीबाट बसमा आंशिक क्षति पुगेको छ। उक्त घटनापछि चाबहिल, सुकेधारा र मित्रपार्क क्षेत्रमा सुचारु ढङ्गबाट यातायात सञ्चालनमा केही समय अवरोध भएको थियो।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






