काठमाडौं -जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा हल्का पानी पर्ने छ।

पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभावले आइतबार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार दिउँसो प्रदेश १ लगायत देशका पहाडी भू–भागमा सामान्य बदली रहने छ। बाँकी भू–भागमा पनि आंशिक बदली रहनेछ। यस्तै, पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।