नेपालमा कुल कोरोना संक्रमितमध्ये १ लाख ७९ हजारभन्दा धेरै निको भएर घर फर्किएका छन् । हालसम्म संक्रमित भएका २ लाख ११ हजार ४७५ मध्ये १ लाख ७९ हजार २४२ जना निको भएर घर फर्किएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ हजार २४७ कोरोना संक्रमितको ज्यान गइसकेको छ । हाल सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ । अहिले क्वारिन्टिनमा १ हजार १३ जना छन् ।