Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

भक्तपुरबाट २ लाख ६४ हजार नगदसहित १० जुवाडे पक्राउ

Company Register

भक्तपुरमा प्रहरीले कौडा खेलिरहेको अवस्थामा १० जुवाडेलाई पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका–८ बोडेस्थित अमरकृष्ण अवालले सञ्चालन गरेको नगदेश स्कुनर हाउसबाट १० जना जुवाडेलाई पक्राउ गरेको हो । कौडा खेलिहरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, ठिमीबाट खटिएको टोलीले २ लाख ६४ हजार १३५ रुपैयाँसहित १० जनालाई नियन्त्रणमा लिइएको वृत्तका प्रहरी नायब उपरीक्षक ९डीएसपी० ऋषि कँडेलले जानकारी दिए । पक्राउ परेका उनीहरुको साथबाट १६ वटा कौडा समेत बरामद भएको डीएसपी कँडेलले बताए । अमरकृष्ण अवाल स्कुनर सञ्चालक समेत हुन् ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...