Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

संक्रमित बढेसँगै दिल्लीमा फेरि लकडाउन गर्ने तयारी

Company Register

कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै जाँदा दिल्लीमा फेरि लकडाउन गर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् । उनका अनुसार केन्द्रीय सरकारसँग उनीहरुले लकडाउन गर्न अनुमति दिन अनुरोध गरेका छन् । पछिल्लो समय दिल्लीका मुख्य क्षेत्रहरुमा कोरोनाभाइरसको प्रभाव बढ्दै जाँदा र दिल्ली हटस्पट बन्दै जाँदा यो लकडाउन लगाउन केजरीवालले चाहेका हुन् । यसका साथसाथै दिल्लीमा अब वैवाहिक कार्यक्रममा पनि ५० जनाभन्दा बढी सहभागी हुन नपाउने भएका छन् । यसअघि दिल्लीमा २ सय जनालाई वैवाहिक कार्यक्रममा उपस्थित हुने अनुमति दिइएको थियो । दीपावलीमा मानिसहरुले मास्क नलगाइ कार्यक्रमहरुमा सहभागी भएकाले दिल्लीमा कोरोना संक्रमित अब ह्वात्तै बढ्न सक्ने पनि उनले बताएका छन् ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...