यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

नेपाल–भारत सीमा खुलाउन माग राख्दै सर्लाहीका स्थानीय धर्नामा


नेपाल–भारत सीमा नाका खोल्नुपर्ने माग राख्दै स्थानीयहरुले सर्लाही सदरमुकाम मलंगवास्थित सिमानाका नजिकै धर्ना दिएका छन् । मलंगवा सोनवर्षा सीमा नजिकै बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिएका हुन् । भारतसँग सिमाना जोडिएका नगरपालिकाका मेयर, गाउँपालिकाका अध्यक्ष, प्रदेश सभा सदस्यहरु समेत धर्नामा सहभागी भएका थिए ।

Advertisement
चाडपर्व र विहेबारीको समयमा नाका बन्द हुँदा सीमा नजिकैका स्थानीयहरुको जनजीवन प्रभावित भएको भन्दै उनीहरुले नाका खोल्नुपर्ने माग राख्दै धर्ना दिएका हुन् । सरकारलाई ध्यानाकर्षण गराउन धर्ना कार्याक्रमको आयोजना गरिएको सर्वपक्षीय जिल्ला संघर्ष समिति सर्लाहीका संयोजक एवं जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले जानकारी दिएका छन् । धर्नाबाट सुनुवाइ भएन भने कडा आन्दोलन गर्न आफूहरु बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् ।