यूईएफए नेसन्स लिग फुटबलमा जर्मनी स्पेनसंग लस्जास्पद हार ब्योहोरेको छ । लिग अन्तर्गत समूह ए को अन्तिम खेलमा स्पेनले जर्मनीमाथि ६–० को शानदार जित हात पारेको छ । एकपक्षीय भएको खेलमा स्पेनका लागि फेरान टोरेसले ह्याट्रिक गरे । यस्तै रोड्री, मिकेल ओयाराज्बाल र अल्भारो मोराटाले १(१ गोल गरे । खेलको १७औँ मिनेटमा स्पेनले अग्रता बनायो । फाबियन रुइजको कर्नरमा मोराटाले हेडमार्पत गोल गरे । ३३औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै अग्रता दोब्बर पारे ३८औँ मिनेटमा स्पेनले ३(० को अग्रता बनाउन सफल भयो ।

दोस्रो हाफमा जर्मनीले डिफेन्डर परिवर्तन गरे पनि खेल राम्रो हुन सकेन ।५५औँ मिनेटमा टोरेसले व्यक्तिगत दोश्र गोल गर्न सफल रहे । टोरेसले नै ७१औँ मिनेटमा ह्याट्रिक पूरा गरे । ९०औँ मिनेटमा जोसे गयाको पासमा ओयारज्बालले सहजै गोल गर्दै ६(० को जित पक्का गरे । जितसँगै स्पेनले यूईएफए नेसन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ । स्पेनले ६ खेलमा ११ अंक जोड्यो । दोस्रो स्थानको जर्मनीको ६ खेलमा ९ अंक छ ।