Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

जनता टेलिभिजनमा आजदेखि ‘नेपाली कमेडी शो’

Company Register

काठमाडौं– लोकप्रिय व्यंग्यकार राजा राजेन्द्र पोखरेलद्वारा निर्मित नयाँ टेलिभिजन कार्यक्रमको आज मंसिर ३ गते बुधवारदेखि प्रसारण प्रारम्भ हुँदैछ ।

Advertisement

स्ट्याण्ड–अप कमेडीमा आधारित नयाँ कार्यक्रम ‘नेपाली कमेडी शो’ जनता टेलिभिजन एचडीबाट प्रत्येक बुधवार राति ८:४५ बजेदेखि प्रसारण हुन लागेको हो ।

कार्यक्रमको पहिलो श्रृंखला आज राति प्रसारण हुँदैछ । यो कार्यक्रम जनता टेलिभिजनको यूट्युबमा समेत उपलब्ध हुनेछ ।

उज्वल प्रशान्तद्वारा निर्देशित यो कार्यक्रम एक घण्टा लामो हुनेछ । कार्यक्रममा कलाकारहरु राजा राजेन्द्र पोखरेल, सुवोध गौतम, दिनेश काफ्ले, प्रभात लामा, राधिका कँडेल, सुन्दर खनाल, कल्पना खतिवडा, सुयासा खनाल आदि कलाकारले यो कार्यक्रममा आफ्नो जोडदार प्रस्तुतीमार्फत दर्शकलाई हँसाउने छन् ।

यो कार्यक्रम जनता टेलिभिजन एचडीको प्रस्तुतीमा तयार पारिएको निर्माता पोखरेलले बताएका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...