यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

१४४२ जना कोरोना संक्रमित,३५३८ डिस्चार्ज

काठमाडौं – आज २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, सोही समयावधिमा ३ हजार ५ सय ३८ जना संक्रमित कोरोनामुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार हाल सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ७८ छ। त्यस्तै, पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १ हजार २ सय ५९ पुगेको छ।