नेपालमा आज ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नौ जना थपिएसँगै नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ । संक्रमण हुनेहरुमा रौतहटका ८ जना र बाराका १ जनामा संक्रमण भेटिएको हो ।