आजको पञ्चाङ्ग

बि.सं. २०७७ जेठ ५ गते सोमवार ।  इ.सं. 18 May 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० बछलाथ्व । प्रमादी । उत्तरायण । ग्रीष्म ऋृतु । ज्येष्ठ कृष्णपक्ष । तिथि एकादशी , १५:५९ बजे उप्रान्त द्वादशी । नक्षत्र उत्तरभाद्रपदा , १८:०३ बजे उप्रान्त रेवती । योग प्रीति , ०५:४० बजे उप्रान्त आयुष्मान् । करण वालव १५:५९ बजेदेखि कौलव , २९:०० बजे उप्रान्त गर । चन्द्रराशि मीन । आनन्दादी योग गद । दिनमान ३३ घडी ४८ पला । सूर्योदय ०५: १५ बजे । सूर्यास्त १८: ४७ बजे ।

कूर्म जयन्ती, अपरा एकादशी व्रत

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्ला । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ ।      

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाईनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।         

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।       

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मनमा शान्ति छाउनेछ । परिवारसंग रमाइलो भेटघाट हुनेछ । प्रेममा मधुरता छाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।     

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रचनात्मक कार्यबाट अरुको मनजित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । कृषि क्षेत्रमा प्रगति होला ।  

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ ।            

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्ला । सामाजिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा सुधार आउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज श्रमको उचित मूल्याङ्कन होला । धर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्य व्यवसायमा सफलता मिल्नेछ ।    

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा सचेत रहनुहोला ।  

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । जोश जाँगर र हिम्मतपनि बढ्ला ।         

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज आफन्त संगको सम्बन्धमा मजबुती आउनेछ । सेवामूलक कामको थालनी हुनसक्छ । शुभकार्यको चर्चापनि रहला ।            

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तो लाभ लिन नमिल्ला ।   ज्यो.प. नारायण प्रसाद दुलाल