Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आइपीएल : बैंगलोरको सानदार जित

Company Register

ईन्डियन प्रिमियर लिग आइपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्समाथि सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बैँगलोर आइपीएलको दोस्रो स्थानमा पनि उक्लिएको छ । जितका लागि ८५ रनको झिनो लक्ष्य पछ्याएको बैंगलोरले १३।३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । बैंगलोरको जितमा कप्तान विराट कोहली १८ र गुरक्रित सिंहमान २१ रनमा अविजित रहे ।

Advertisement

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ८ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । कोलकाता कप्तान ओइन मोर्गनले ३४ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३० रनको योगदान दिए । कोलकाताले सुरुवात देखिनै खराब प्रर्दशन गरेको थियो । बैंगलोरका तीव्र गतिका बलर मोहम्मद शिराजले उत्कृष्ट प्रदर्शन गरे । उनले २ मेडन ओभरसहित ३ विकेट लिए । उनले ४ ओभरमा जम्मा ८ रन मात्र दिए । यस्तै युजभेन्द्र चहलले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । वासिन्टन सुन्दरले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर १ विकेट लिए । नवदीप सैनीको नाममा एक विकेट रह्यो । जितसँगै बैंगलोर १० खेलमा ७ मा जित र ३ मा हारसहित १४ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । कोलकाता १० खेलमा ५ मा जित र ५ मा हारसहित चौथो स्थानमा छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...