जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार करोड नाघेको छ। विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड ८ लाख ९५ हजार ४ सय ३५ जना कोभिड( १९ सङ्क्रमित भएका छन्। संक्रमणका कारण विश्वभरी ११ लाख २६ हजार ३ सय ८२ जनाको मृत्यु भएको छ। यसैबीच विश्वभरी रहेका कुल सङ्क्रमित मध्ये २ करोड ७९ लाख ६१ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसमुक्त भएको बताइएको छ। कोरोनाका कारण सबैभन्दा बढी प्रभावित देश अमेरिकामा ८२ लाख ७६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित रहेका छन्।