यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

नेपाली खेलकुद क्षेत्रमा सहकार्य गर्न कतार इच्छुक


नेपाल र कतारबीच खेलकुदका क्षेत्रमा विभिन्न सहयोग गर्ने सम्बन्धमा छलफल भएको छ । कतारका लागि नेपाली राजदूत डा। नारदनाथ भारद्वाज र कतार फुटबल संघका उपाध्यक्ष साउद ए अल(मोहननाडीबीच भएको भेटमा दुई देशबीच खेलकुदका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको हो । भेटमा कतारले नेपालसँग खेलकुदका क्षेत्रमा सहकार्य गर्न इच्छुक देखिएको दूतावासले जनाएको छ । भेटमा उनीहरु दुबैले सहकार्यका विषयमा युवा खेलाडीहरूलाई तालिम दिने विषयमा छलफल गरेको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले जानकारी दिए ।