Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

युरोकप : बेल्जियमलाई स्तब्ध पारेर इटाली सेमिफाइनलमा

Company Register

विश्व बरियतामा लामो समयदेखि शीर्ष स्थानमा रहेको बेल्जियमलाई स्तब्ध पारेर इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियममाथि इटालीले २–१ को जित दर्ता गरेको हो । ३१ औँ मिनेटमा निकोलो बारेलाले गोल गरि इटालीलाई सुरुवाति अग्रता दिलाए । ४४ औँ मिनेटमा लोरेन्सो इन्सिग्नेले गोल गरि अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा बेल्जियमले पेनाल्टी पायो ।

Advertisement

जिओभानी डी लोरेन्सोले जेरोमी डूकुलाई फउल गरेपछि पाएको पेनाल्टीमा बेल्जियमका लागि रामेलु लुकाकुले एक गोल फर्काए ।तर दोस्रो हाफमा दुवै तर्फबाट थप हुन सकेन र इटालीले अन्तिम चारको यात्रा तय गर्न सफल भयो । लगातार १३ खेलमा जित निकालेको इटाली पछिल्ला ३२ खेलमा अपराजित छ ।साबिक विजेता पोर्चुगललाई पराजित गरेर अन्तिम ८ मा आएको बेल्जियमको यात्रा इटालीले यो भन्दा अघि बढ्न दिएन ।अब इटालीले फाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्ने छ । टाइब्रेकरमा स्वीट्जरल्याण्डलाई पराजित गरेर स्पेन अन्तिम चारमा पुगेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...