मकवानपुरको मकवानपुरगढीमा जारी जिल्ला स्तरीय रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिकाको सहिद सुनिता स्मृति प्रतिष्ठानले जितेको छ । शनिबार भएको फाईनल खेलमा आयोजक आभमञ्ज्याङ युवा क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । शहिद सुनिता स्मृति प्रतिष्ठानले आयोजकलाई २५–१७, २५–१६ र २५–१८ को सोझो सेटमा हराएको थियो । मकवानपुरगढी गाउँपालिकाको मुख्य प्रयोजनमा प्रतियोगिता भएको थियो ।

No description available.

उपाधि हात पार्दै प्रतिष्ठानले ६६ हजार ६ सय ६६ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेतामा चित्त बुझाउँदै आयोजक आमभञ्ज्याङ्ग युवा क्लवले ३३ हजार ३ सय ३३ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । तेस्रो स्थानको लागि भएको खेलमा आग्रा खेल बिकास समितिले हेटौंडाको छाहारी युवा सेवा समाजको रमाञ्चक खेलमा १९–२०, २५–२०, २५–१६, २१–१९ सेटमा छाहारीलाई पराजित गर्दै आग्रा विजयी भएको छ । तेस्रो भएको आग्रा खेल विकास समितिले १५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सान्तोना हुँदै छहारीले ५ हजार नगद पाएको थियो । प्रतियोगितामा आग्राका सविन कार्की वेष्ट ब्लकर , वेष्ट सटर प्रतिष्ठानका राजकुमार कर्मचार्य , वेष्ट स्पाईकर आमभञ्याङका आषिश घलान र वेष्ट प्लीयर प्रतिष्ठानका राजाराम घलान घोषित भए । अनुशासित टिम मेतोक क्लव घोषित भएका थिए । विद्यागत रुपमा उत्कृष्ट भएका खेलाडीहरुले जनही नगद पाँच हजार नगदसहित ट्रफि पाए ।

No description available.

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण प्रमुख अतिथि मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंंले प्रदान गरेको थियो । समापन कार्यक्रममा भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, मकवानपुरगढीको वडा नम्बर ५ का अध्यक्ष जीतबहादुर घिमिरे, ३ नम्बर वडाका वडाध्यक्ष भागवत घिमिरे, ४ नम्बर वडाका वडाध्यक्ष रामप्रसाद तिमल्सिना, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव बलराम घिमिरेलगायतकाको आतिथ्यता थियो । प्रतियोगिताको अबसरमा तत्कालीन आमभञ्ज्याङ गाविसमा भलविल खेलको सुरुवात गर्ने शम्भु हुमागाईं, अर्जुन हुमागाईं, इन्द्रप्रसाद सञ्जेल, स्वर्गीय लक्ष्मण सञ्जेल परिवारलगायतलाई सम्मान प्रदान गरिएको थियो ।