मकवानपुर गोल्डकपमा एपीएफको विजयी

हेटौंडामा जारी स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आइतबार भएको खेलमा एपिएफले सातदोबाटो क्बललाई १–० गोलले पराजित गरेको हो ।

एपिएफको जितमा युवराज खड्काले गोल गरेको थियो । पहिलो हाफमा एक गोलले पछि परेको सातदोबाटोले गोल गर्ने राम्रो अवसर पाएपनि सदुपयोग गर्न नसक्दा हार व्योहोर्नु परेको थियो । खेलको म्यानअफ द म्याच एपीएफका मणि लामा घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । अब एपिएफले सेमिफाइनल प्रवेशका लागि साविक विजेता विभागीय टोली त्रिभुवन आर्मी क्बलसंग प्रतिस्पर्धा गर्नेछ । आज सोमबार एनआरटी फुटबल क्लब र वीरगञ्ज युनाईटडबीच प्रतिस्पर्धा हुनेछ ।

 

अनलाइनपत्र संवाददाता

Next Post

आज जनयुद्ध दिवसमा देशभर सार्वजनिक बिदा

Mon Feb 13 , 2023
सरकारले आज जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले आज फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसीर ५ गते विस्तृत […]

सम्बन्धित खबर