Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

युरोकप : चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा

Company Register

युरोकप फुटबलमा चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वाटरफाइनल खेलमा चेक रिपब्लिकलाई २(१ गोलले हराउँदै डेनमार्क अन्तिम चारमा पुगेको हो । डेनमार्कलाई जित दिलाउन थोमस डेलाने र कास्पर डोलवर्गले एकरएक गोल गरे । चेक रिपब्लिकका प्याट्रिक शिकले एक गोल फर्काए ।

Advertisement

खेलको पाँचौँ मिनेटमा थोमसले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । ४२औँ मिनेटमा युवा स्ट्राइकर डोलवर्गले गोल गर्दै डेनमार्कलाई २(० को अग्रता दिलाए । दोस्रो हाफमा चेक रिपब्लिकले एक गोल फर्कायो । ४९औँ मिनेटमा प्याट्रिकले काउफलको पासमा गोल गर्दै चेकलाई २(१ को स्थितिमा ल्याए । डेनमार्कविरुद्धको गोलसँगै प्याट्रिकले जारी युरोमा ५ गोल पूरा गरेका छन् । यससँगै प्याट्रिकले गोल्डेन बुटको दाबेदारमा क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...