Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

निरन्तर वर्षाको कारण हेटौंडा–काठमाण्डौं जोड्ने सबै सडक अवरुद्ध

Company Register

निरन्तर वर्षाको कारण आएको बाढी तथा पहिरोले हेटौंडा –काठमाण्डौ जोड्ने सबै सडक मार्गहरु अवरुद्ध भएको छ । हेटौंडाबाट काठमाण्डौ जोड्ने छोटो सडकमार्ग तीन दिनदेखि बन्द रहेको छ । हेटौंडा–भैसे सडक खण्डमा भिमफेदी १ बाघझोरामा, भैसे–भीमफेदी–फाखेल र सिस्नेरी सडक खण्डमा पान्द्राङ, गढी, देराली , ईन्द्रसरोबर महा लक्ष्मीखोला , कुलेखानीमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।

Advertisement

यसैगरि कान्तिलोक पथ अन्तर्गत भिमफेदी ८ कोगटेमा पहिरोले सडकको पिचनै बगाएको प्रहरीले जनाएको छ । कान्तिलोक पथकै ललितपुरको भट्टेडाडामा पनि पहिरो गएर सडक अवरुद्ध छ । हेटौंडा काठमाण्डौ जोड्ने पुरानो सडकमार्ग त्रिभुवन राजपथ सडक खण्डको अघोर,थाहा नगरपालिकाको खानीगाउँ, गैरीगाउँमा पहिरोले सडक अवरुद्ध बनाएको छ । मौसममा सुधार आएपछि पहिरो पन्छाउने कार्य सुरु गरिने र अवरुद्ध यातायात सेवा सूचारु गरिने जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...