
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएको भोलिपल्ट कात्तिक १३ गते सार्वजनिक बिदा दिनुपर्ने माग उठेको छ । प्रदेश नम्बर ३ का सांसद डाक्टर अजयक्रान्ति शाक्यले नेवार समुदायको भाइटीका ९किजापूजा० का लागि सरकारले कात्तिक १३ गते बिदा दिनुपर्ने माग गर्नुभएको हो ।
पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार सरकारले तिहारमा १० देखि १२ गतेसम्म बिदा दिने निर्णय गरेको छ । तर १३ गते नेवार समुदायको दिन भएकाले बिदा दिन सरकारसँग माग गरे ।‘पञ्चांग समितिले घडी, पला मिलाएर चाड–पर्वको साइत निकाल्दा नेवाः समुदायको मौलिक संस्कृति र परम्परालाई मिच्नेको छ,’ शाक्य भने, ‘सरकारले पनि पञ्चांगलाई आधार मानेर बिदा दिँदा नेवार समुदाय मारमा परेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




