बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा राखिएको २५ वर्षीय एक युवकको मृत्यु भएको छ । आइतवार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।

उनलाई गाउँपालिकाले ३० बैशाखमा क्वारेन्टाइनमा राखेको थियो। यहि क्वारेन्टाइनमा रहेका आठ जनामा कोरोना संक्रमण देखिएको थियो। भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ। ती युवकमा कोरोना संक्रमण भएको आशंकामा क्वारेन्टाइनमा राखिएको थियो। उनको स्वाब रिपोर्ट अझैँ आउन बाँकी छ । स्वाब परीक्षण रिपोर्ट नआउँदै मृत्युको कारण खुल्न नसक्ने खाँले बताए ।