काठमाडौं- आज देशभर आँशिक देखि सामान्य बदली रहीअपरान्हतिर थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ, हावाहुरी तथा असिना सहित वर्षाको सम्भावना रहेको र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

राति भने देशभरको देशका पहाडी भू-भागमा आँशिक बदली रही पहाडी  भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ  ।