Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

साहित्यकार पागलको निधन

Company Register

पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको हिजो ७७ वर्षका उमेरमा निधन भएको छ । एक वर्षदेखि दमरोगबाट पीडित पागलको आफ्नो जन्मस्थान सुनसरी, मधेशा ७ मा निधन भएको हो ।

Advertisement

उहाँ निबन्ध, कथा, कविता, समालोचना र चित्रकलामा प्रसिद्ध हुनुहुन्थ्यो । उहाँका ११ कृति प्रकाशित छन् । हाल उहाँले उराँव जातिका बारेमा लेख्दै गरेको डा भीम खतिवडाले जानकारी दिनुभयो । उहाँको आजै इटहरीस्थित बूढीगङ्गाघाटमा दाहसंस्कार गरियो । उहाँका छ छोरी हुनुहुन्छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...