Comments Add Comment

आज मिति २०७६ चैत २० गते बिहिवार, तपाईको आजको राशिफल हेर्नुहोस्

आजको पञ्चाङ्ग

बि.सं. २०७६ चैत २० गते बिहिवार। इ.सं. 2020 April 02 । शक संवत १९४२ । नेपाल संवत ११४० चौलाथ्व । प्रमादीउत्तरायण । वसन्त ऋृतु चैत्र शुक्लपक्षतिथि नवमी, २१:१४ बजे उप्रान्त दशमी । नक्षत्र पुनर्वशु, १४:३३ बजे उप्रान्त तिष्य । योग अतिगण्ड , १०:५६ बजे उप्रान्त सुकर्मा करण वालव ९:४९ बजेदेखि कौलव , २१:१४ बजे उप्रान्त वणिज । चन्द्रराशि मिथुन । आनन्दादी योग सिद्धि । दिनमान ३२ घडी ०५ पला । सूर्योदय ५: ५५ बजे । सूर्यास्त १८: २१ बजे ।

रामनवमी व्रत/विश्व अटिजम जागरुकता दिवस

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । प्रेममा सफलता पाईनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।     

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । व्यापार व्यवसायमा लाभ होला । शुभ समाचार सुन्न पाइएला । स्वादिष्ट भोजनपनि पाईनेछ ।     

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।           

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सरकारी निकाएको भय रहला । सौन्दर्यतामा धन खर्च हुनेछ । गरेको कार्यमा बाधा आउनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ ।    

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बन्धु बान्धवबाट सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ ।      

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

तिर्थाटनको योगछ । शुभकार्यको चर्चा चल्नेछ । चिट्ठा, वा लटरीबाट आय हुने प्रवल सम्भावना पनि छ । नयाँ कार्यको योजना बन्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

छोटो दुरीको लाभदायक यात्रा हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफल भइनेछ । आत्माबल वढ्नेछ ।    

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । बैदेशिक क्षेत्र कमजोर रहनेछ ।     

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

रमाइलो यात्राको योग रहेको छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट मान सम्मानपनि पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज दैनिक कार्यमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।              

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज नयाँ कामको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । गरेको कार्यमा सफलता पाइएला ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

 आज कार्य सम्पादनमा समस्या आउला । मन खिन्न हुने स्थिति आउनेछ । आत्मघाती काम गर्न पुगिएला । अनावश्यक यात्रापनि हुनेछ ।   ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर