आजको पञ्चाङ्ग

बि.सं. २०७७ जेठ १५ गते बिहीवार ।  इ.सं. 28 May 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० बछलाथ्व । प्रमादी । उत्तरायण । ग्रीष्म ऋृतु । ज्येष्ठ शुक्लपक्ष । तिथि षष्ठी , २१:०३ बजे उप्रान्त सप्तमी । नक्षत्र
तिष्य ०५:४९ बजेदेखि अश्लेषा , २८:४९ बजे उप्रान्त पूर्वफाल्गुनी । योग ध्रुव , २२:५८ बजे उप्रान्त व्याघात । करण कौलव ०९:५० बजेदेखि तैतिल , २१:०३ बजे उप्रान्त भद्रा । चन्द्रराशि कर्कट  । आनन्दादी योग शुभ । दिनमान ३४ घडी ११ पला । सूर्योदय ०५: ११ बजे । सूर्यास्त बेलुका १८: ५२ बजे ।

राष्ट्रिय गणतन्त्र दिवस। कुमार–षष्ठी। सिथिनख। भक्तपुरमा चण्डी भगवती यात्रा।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आजको दिन पारिवारिक हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको योजना बन्नेछ ।    

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज धार्मिक र सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायमपनि हुनेछ ।     

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।     

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमापनि कमी आउनेछ ।  

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । समाजमा र परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।            

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।    

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी र रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।   

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सचेत रहनु होला । सामाजिक हितको लागि काममा व्यास्त हुने समय रहेको छ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आफन्त मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।       

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफ्नो क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला ।            

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल