अटो रिक्सामा मुक्तिनाथ विकास बैंकको क्यूआर कोड सुविधा

|
शुक्रबार, चैत्र २०, २०७७
|
|
० पटक हेरिएको
Shares

काठमाडौं – मुक्तिनाथ विकास बैंकले क्यूआर सेवा अटो रिक्सामा पनि शुरु गरेको छ । गोपिगंज, टाँडी, धनकुटा र काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइन भुक्तानी गर्न मिल्ने बैंकले जनाएको छ । यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुवैले लाभ लिन सक्ने बैंकले बताएको छ ।

यस कार्यबाट अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा बापतको रकम रिक्सामा भएको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्ने गराउने सम्बन्धमा बैंकका शाखा प्रबन्धकहरुले अटो रिक्साका चालकहरुलाई आवश्यक प्रशिक्षण समेत गरेका थिए ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटर्वक अन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभइ घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Comments are closed.

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
मकवानपुरगढी गाउँपालिकाको ७२ करोड ७५ लाखको बजेट, कृषि र पूर्वाधारमा जोड
मकवानपुरगढी गाउँपालिकाको ७२ करोड ७५ लाखको बजेट, कृषि र पूर्वाधारमा जोड
मकवानपुरगढीमा फुट्सल प्रतियोगिता सुरु, पहिलो दिन ८ खेल सम्पन्न
मकवानपुरगढीमा फुट्सल प्रतियोगिता सुरु, पहिलो दिन ८ खेल सम्पन्न
विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन
विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन
मकवानपुरगढीमा पालिकास्तरीय आठौं फुटसल रनिङ शिल्ड प्रतियोगिता हुने
मकवानपुरगढीमा पालिकास्तरीय आठौं फुटसल रनिङ शिल्ड प्रतियोगिता हुने
मकवानपुरको सिस्नेरीमा दुर्घटना, ४ जनाको अवस्था गम्भीर
मकवानपुरको सिस्नेरीमा दुर्घटना, ४ जनाको अवस्था गम्भीर
हेटौँडा सिटी कलेजद्वारा BBS अध्ययनमा निःशुल्क अवसर घोषणा
हेटौँडा सिटी कलेजद्वारा BBS अध्ययनमा निःशुल्क अवसर घोषणा
ढुङ्गेगढीमा सेनाको योगदान: ढुङ्गेधारा र पानी ट्यांकी गाउँपालिकालाई हस्तान्तरण
ढुङ्गेगढीमा सेनाको योगदान: ढुङ्गेधारा र पानी ट्यांकी गाउँपालिकालाई हस्तान्तरण
बागमती पुलबाट टेलर खस्दा चालकको मृत्यु,
बागमती पुलबाट टेलर खस्दा चालकको मृत्यु,
कुलेखानी–फाखेल सडक एक महिना प्रभावित, थानकोट–चित्लाङ खण्ड पनि अस्थायी रूपमा बन्द
कुलेखानी–फाखेल सडक एक महिना प्रभावित, थानकोट–चित्लाङ खण्ड पनि अस्थायी रूपमा बन्द