2025-12-10 2:26 am

कात्तिक मसान्तपछि आइएमई पे एप नचल्ने, खल्तीमा माइग्रेसन अनिवार्य

काठमाडौँ । आइएमई पे खाता कात्तिक मसान्तभित्र खल्तीमा माइग्रेसन गर्नुपर्ने भएको छ । ३० कात्तिकपछि आइएमईपेबाट हाल भइरहेको सबै कारोबार निष्क्रिय हुने भएकाले खल्तीले खाता माइग्रेसन गर्न आग्रह गरेको हो ।

“आइएमई पे मार्फत गरिरहेको कारोबार खल्तीमा माइग्रेसन गरेर सोही बमोजिम कारोबार सुचारु भइसकेको तथा माइग्रेसन प्रक्रिया कात्तिक मसान्तमा सम्पन्न हुन गइरहेकोले आफ्नो आइएमई पे खाता यथाशीघ्र खल्तीमा माइग्रेसन गरि कारोबार गर्न गराउन अनुरोध गर्दछौं,” खल्तीको सूचनामा उल्लेख छ ।

अर्थात् ३० कात्तिकपछि तपाईंले चलाउँदै आएको आइएमई पेको एप चल्ने छैन । आइएमई पेमार्फत भइरहेको सबै कारोबार खल्ती एपबाट हुनेछ ।

नेपालका दुई ठुला डिजिटल भुक्तानी सेवा प्रदायकहरू आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) र खल्ती प्राइभेट लिमिटेड (खल्ती)बिच मर्जरपछि १ साउनदेखि एकीकृत कारोबार सुरु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad