2025-12-10 2:29 am

मकवानपुरका नवनियुक्त प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले पदभार ग्रहण गरे

मकवानपुर । मकवानपुर जिल्लामा सोमबार बसन्त अधिकारीले नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) को रूपमा पदभार ग्रहण गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनले आफ्नो जिम्मेवारी सम्हालेका हुन्। यसअघि मकवानपुरका सिडिओको रूपमा कार्यरत स्किम श्रेष्ठ सिन्धुली जिल्लामा सरुवा भएपछि सो रिक्त स्थानमा अधिकारीलाई पठाइएको हो। श्रेष्ठले २०८१ साल फागुन १५ गतेदेखि मकवानपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका थिए। पदभार ग्रहणसँगै नयाँ प्रमुख जिल्ला अधिकारी अधिकारीले जिल्लाको प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad