नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौं सहरलाई विश्वकै उत्कृष्ट नमुना सहर बनाउने प्रतिबद्धता गरेका छन् । मेयरमा निर्वाचित भएपछि प्रतिक्रपया दिंदै उनले अबको पाँच वर्ष आफ्नो क्षमता, ज्ञान र कुशलता काठमाडौंलाई पूर्ण विकासित र विश्वकै उत्कृष्ट सहर बनाउन लगाउने प्रतिबद्धता गरेका थिए । ‘महानगरपालिकालाई मेरो सम्पूर्ण समय दिनेछु । महानगरपालिका बाहेक कुनै पनि काममा समय दिनेछैन’ उभने भने, ‘आफ्नो सम्पूर्ण क्षमता, लगनशीलता, क्षमता र ज्ञानलाई महानगरपालिका व्यवस्थित बनाउन, स्वच्छ, सफा र पूर्णविकसित विश्वकै उत्कृष्ट बनाउन लगाउनेछु ।’