Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नेपालमा ३१ हजार भन्दा बढी संक्रमित होम आईसोलेसनमा

Company Register

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ३१ हजार ८ सय ९८ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जनाएको छ। बिहीबारसम्म सक्रिय संक्रमित रहेका ३८ हजार ९५२ मध्ये ३१ हजार ८९८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा १८ हजार ७६ जना होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश १ मा ६ हजार १ सय ८३, प्रदेश २ मा १ हजार १, लुम्बिनी प्रदेशमा ३ हजार ७ सय ४१, सुदूरपश्चिम प्रदेशमा ९ सय ९८, गण्डकी प्रदेशमा १ हजार ३२६ र कर्णाली प्रदेशमा ५७३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...