2025-12-07 9:53 am

पेट्रोलियम पदार्थको कर घटाउने सरकारको निर्णय

काठमाडौं l सरकारले पेट्रोलियम पदार्थमा हाल लगाउँदै आएको कर समायोजन (घटाउने) तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलियम पदार्थमा हाल लगाउँदै आएको कर समायोजन गर्ने सम्बन्धमा प्रस्ताव पारित भएको जानकारी दिए । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै मन्त्री बडूले मंगलबार जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थमा हाल लिइँदै आएको कर समायोजन गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको जानकारी दिए ।
उनले प्रतिनिधि सभाको बैठकमा भने, ‘पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण सर्वसाधारणलाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै सरकारद्वारा हाल पेट्रोलियम पदार्थमा लिइँदै आएको कर समायोजन गरेर मूल्य घटाउने र उपभोक्तालाई राहत प्रदान गर्ने प्रस्ताव २०७९ जेठ १० गतेको मन्त्रिपरिषद्बाट पारित भएको र कर समायोजनका सम्बन्धनमा अर्थ मन्त्रालयमा गृहकार्य भइरहेको छ ।’
पूर्वाधार कर प्रतिलिटर ५ रुपैयाँ र भन्सार ५  रुपैयाँ गरी लिटरमा कुल १० रुपैयाँ घटाउने तयारी गरिएको छ । हाल सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ६३ रुपैयाँ कर लिँदै आएको छ । जसका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य वृद्धि हुँदा नेपालमा समेत यसको मूल्यवृद्धि चुलिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad