यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

अभियन्ता खनाल भारतमा ‘युथ आइकन अवार्ड’ द्वारा सम्मानित


नेपालका कान्छा सामाजिक अभियन्ता केपी खनाललाई महात्मा गान्धीको १५१ औं जन्म जयन्तीका अवसरमा युथ आइकन अवार्डले सम्मान गरिएको छ । शुक्रबार भारतको राजधानी नयाँदिल्लीमा राइजिङ टुइकल फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा उनलाई युथ आइकन अवार्डबाट सम्मान गरिएको हो । खनाललाई समाजमा उदाहरणीय कार्य गरेको भन्दै फाउन्डेसनले सम्मान गरेको हो । खनालले सानै उमेरमा संघीय राजधानी काठमाडौंसहितका विभिन्न जिल्लामा स्वच्छता र सरसफाइ अभियान चलाइरहेका छन् । उनले असहाय र गरीबलाई पनि सहयोग गर्दै आइरहेका छन् । त्यस्तै उनले सामाजिक अभियान चलाएर बाजुरामा अनाथाश्रम निर्माण गरेका छन् ।

Advertisement