जर्मन क्लब बुण्डेस लिगा च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा पुगेको छ । प्रिक्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा लाजिओलाई २–१ ले पराजित गरेर समग्रमा ६–२ को जितसहित बार्यनले अन्तिम ८ मा स्थान बनाएको हो । पहिलो लेगमा बार्यनले ४–१ को जित दर्ता गरेको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा बुधबार राति बार्यनका लागि रोबर्ट लेवान्डोस्की र चोउपो–मोटिङ्गले एक–एक गोल गरे । लाजिओका लागि पारोलोले एक गोल फर्काएका हुन् । लेवान्डोस्कीले ३३ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका हुन् । यस्तै मोटिङ्गले ७३ औँ मिनेटमा गोल गरे । पारोलोले ८२ औँ मिनेटमा एक गोल फर्काए पनि हार टार्न सकेनन् ।