तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तपाइलाइ आजको दिन दण्ड तथा जरिवाना हुनसक्छ, कुनै पनि अनाबश्यक बिबादमा परिएला, धैर्यले काम लिनुहोला, टाउको वा अनुहारमा समस्या आउन सक्छ बोल्दा होसियार रहनुहोला|

वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)
मनमा शान्ति तथा अनुहारमा कान्ति छाउला, शारीरिक रुपमा बलवान भइएला, इज्जत मान तथा प्रतिष्ठामा वृद्धि होला, आजको दिन तपाइको वाहवाही हुनेछ |

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
बोल्दा साबधानी अपनाउनुहोला, पुरानो कुरा फेरी दोहोरिन सक्ला, मनमा आजको दिन खिन्नता छाउनेछ, इस्टमित्र तथा आफन्तजनबाट सहयोग मिल्नेछ|

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तपाइको बोली तथा पराक्रम सबैले देख्नेछन, सुनचादी तथा रत्नको प्राप्ति होला, तपाइको सुन्दरताको बयान चारैतिरबाट हुनेछ, बैदेसिक यात्राको अवसर पनि आउन सक्नेछ |

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शस्त्र तथा हातहतियारको प्राप्ति होला, आजको दिन पाचन शक्ति कमजोर हुने हुदा पेटमा समस्या आउन सक्छ, राजनीति तथा नोकरीमा लाभ होला |

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन अनाबश्यक कार्यमा खर्च होला, तपाइको खुट्टा तान्नेहरुको कमि हुनेछैन, कामबासना बढ्नाले लज्जित हुनुपर्ला, आफ्नो बिबेकले काम लिनुहोला |

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेम बढ्ने समय छ, प्रेमप्रेमिका बीच रमाइलो भेटघाट हुनेछ, कुनैपनि नया साझेदारी ब्यबसाय शुरु गर्दा राम्रो हुनेछ, तर दिउसोबाट दिनमा अशान्ति छाउला|

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
गुप्तरोगले सताउला, खुट्टा तथा हातमा चोटपटक लाग्नसक्छ, आजको दिन बैदेसिक यात्रा नगरेको राम्रो, भुतप्रेत प्रभाव हुनसक्छ|

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आजको दिन तपाइको मन उदार रहनेछ, बायु सम्बन्धी समस्याले सताउन सक्ला, खानपिनमा विशेष ध्यान दिनुहोला, धार्मिक तथा सामाजिक कार्यमा सहभागी भइएला|

आजको दिन नयानया अबसरहरु प्राप्त हुनेछन, सरकारी पक्षबाट सहयोग प्राप्त होला, तपाइको बिध्वताको सबैतिर कृति फैलिनेछ, धन तथा प्रतिष्ठा प्राप्ति होला|

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अनेक अबसरहरु प्राप्त हुनेछन, भाईबन्धु तथा मित्रहरुबाट सुख होला, गाडी तथा मोटरबाट लाभ होला, महत्वपुर्ण मांगलिक कार्यहरु सम्पन्न होलान |