लिभरपुलको छैटौं जित, युनाइटेड स्तब्ध

अनलाइन पत्र संवाददाता२०७६-०६-०६ No Comments

इङ्लिस प्रिमियर लिग फुटबलको साविक उपविजेता लिभरपुल आफ्नो निरन्तर जित यात्रालाई कायम राख्न सफल भएको छ। अर्को इंग्लिस जाइन्ट म्यानचेस्टर युनाइटेड भने वेस्टह्याम युनाइटेड सँग २–० ले स्तबध बन्यो। 

आइतबार रातिनै भएको अर्को खेलमा आर्सनलले भने एस्टन भिल्लासँग संघर्षपूर्ण ३–२ को जित निकाल्यो। दुई पटकको अग्रता चुकाउँदा एस्टन भिल्ला आर्सनलसँग पराजित भयो। आइतबार लिभरपुलले लण्डन क्लब चेल्सीलाई पराजित गर्दै लगातार छैटौं जित कायम गर्न सफल भयो। चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा लिभरपुलले २–१ को जित निकाल्न सफल भयो। लिग अंक तालिकामा आफुलाई ५ अंकको अग्रतामा राख्न सफल लिभरपुललको लिभरपुलको ६ खेलबाट १८ अंक भएको छ। उसले दोस्रो स्थानको सिटीको भन्दा ५ अंकको अग्रता बनाएको छ।

चेल्सी ८ अंकसहित तालिकाको ११ औं स्थानमा छ। खेलको १४ औ मिनेटमा लिभरपुलले अलेक्जेण्डर अर्नोल्डको फ्रिकिक गोलमार्फत खेलमा अग्रता बनायो। रोबर्टो फिर्मिन्होले ३० औ मिनेटमा हेड गोलमार्फत लिभरपुलको अग्रतालाई दोब्बर बनाए। ७१ औं मिनेटमा एन्टोनी कोन्टेले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए। तर थप गोल हुन नसकेपछि लिभरपुलले खेल आफ्नो पक्षमा पार्न सफल भयो।

आइतबार युनाइटेडका लागि भने खराब दिनका रुपमा रह्यो। वेस्टह्यामसँग २–० ले पराजित हुँदा उसले लिगमा समान २ खेलमा जित, बराबरी र हार ब्यहोर्‍यो। ८ अंकसहित युनाइटेड अंक तालिकाको आठौं स्थानमा रहेको छ। वेस्टह्यामको जितमा यारमोलेन्कोले ४४ तथा स्रेसवेलीले ८४ औं मिनेटमा गोल गरे। त्यस्तै अर्को खेलमा आर्सनलले एस्टन भिल्लालाई ३–२ ले पराजित गर्‍यो।

Chat Icon
Ad
Ad