नेपाली राष्ट्रिय पुरुष टोली एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको छ । बिहीबारदेखि बंगलादेशको ढाकामा जारी प्रतियोगितामा नेपालले पहिलो सेट २५–१८ ले हारेपनी दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २२–२५ आफ्नो पक्षमा पारेको थियो । तर श्रीलंकासँगको लयलाई निरन्तरता दिन नसकेको टोलीले तेस्रो सेट २५–१६ र चौथो सेट २५–१५ ले गुमायो ।

यसअघि आफ्नो पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग सोझो सेटमा पराजय भोगेको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग ३–१ को शानदार जित निकालेको थियो ।प्रतियोगितामा तीन खेलमा एक जित र दुई हार बेहोरेको नेपालले तीन अंक बनाएको छ ।नेपालले आइतबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।पुरुषतर्फको खेलमा समान दुई खेल खेलेको आयोजक बंगलादेश र श्रीलंकाले समान ६ अंक जोडेका छन् ।