हेटौंडा उपमहानगरपालिका वडा नंम्बर –७ स्थित नागस्वतीमा बडा दशैंको अवसरमा जारी फुटबल प्रतियोगितामा मंगलबार दुई खेल सम्पन्न भएको छ । प्रतियोगिताको पहिलो खेल स्मृति फुटवल क्लब र नर्मल मुस्कान क्लब बिच भएकोमा गोल रहित बराबरीमा रोकिएको छ । त्यस्तै दोस्रो खेलमा आदर्श फुटबल क्लबले अग्राठे फुटबल क्लव लाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

आज बुधबार पनि दुई खेल हुने भएको छ । आजको पहिलो खेल अग्राठे र न्यु चिसापानी बिच भिडन्त हुने छ भने दोस्रो खेल जागरण र वनदेवी फुटबल बिच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल २३ गते हुने छ । प्रतियोगिताको प्रथम हुने टिमले ४५ किलोको खसि , शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन भने दित्तिय हुने टिमले ३५ किलोको खसि ,शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडि , हरेक खेलको म्यान अफ द म्याच लाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको जनाइएको छ ।